एजेन्सी– अफगानिस्तानमा तालिवान सरकारले सत्ता कब्जा गरेपछी छिमेकी मुलुक इरानमा शरण लिन पुगेका अफगानी नागरिकहरु स्वदेश फर्कन थालेका छन् ।
गत एक महिनामा ७४ हजारभन्दा बढी अफगानीहरु स्वेदश फर्केका हुन् भने अझै फर्कने क्रम जारी छ । अफगानिस्तानको तालीवान सरकारले पलायन भएका अफगानीहरुलाई स्वदेशमै बस्ने वातावरण मिलाउने बाचा गर्दै सबैलाई फर्कन आव्हान गरेपछि उनीहरु फर्केका हुन् ।
साथै तालीवानले युद्धबाट तहसनहस भएको देशको पुननिर्माणमा सहयोग गर्न पनि सबै अफगानी जनतालाई अपील गरेको छ । गत अप्रिलको सुरुदेखि मे महिनाको मध्यसम्म ६४ हजार १ सय बढी शरणार्थी अफगानिस्तान फर्केपछि पछिल्लो तीन महिनामा इरानबाट फर्केका शरणार्थीको संख्या एक लाख ३८ हजार १ सय बढी पुगेको छ ।
इरानमा २५ लाखभन्दा बढी दर्ता भएका अफगानी शरणार्थीहरू बस्दै आएका छन् भने त्यति नै संख्यामा अफगानी शरणार्थीहरु पाकिस्तानमा पनि रहेका छन् । ती बाहेक अन्य मुलुकपनि शरण लिन पुगेका अफगानी नागरिकहरुको सख्या उल्लेख्य रहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar