काठमाडौं– काभ्रेको बेथानचोक गाउँपालिकाले पालिकाबारे स्नातकोत्तर र विद्यावारिधी तहमा शोधपत्र तयार गर्ने विद्यार्थीले प्रति शोधपत्रबापत १ लाख रुपैयाँ सहयोग पाउने भएका छन् ।
देश विदेशसम्म गाउँपालिकाको प्रचारप्रसार गर्ने अपेक्षासहित यस्तो नीति ल्याइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिका अध्यक्ष भगवान अधिकारीले आइतबार आर्थिक वर्ष २०८०÷८१ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।
उक्त कार्यक्रम १३ औं गाउँसभाबाट सर्वसम्मत पारित भएको छ । त्यसैगरी, प्रत्येक आर्थिक वर्षमा गाउँपालिकाभित्र पूर्वाधार विकासअन्तर्गत गाउँपालिकाभित्र कम्तिमा ५ किलोमिटर सडक कालोपत्रे तथा ढलान गरिने कार्यक्रमलाई यस वर्ष पनि निरन्तरता दिइएको छ ।
त्यस्तै, ६० वर्ष पुगेका नागरिकहरुलाई निःशुल्क होल बडी चेकअप गर्ने, बेथानचोकका महिलाहरुले गाउँपालिकाबाहिरका अस्पतालमा गएर सुत्केरी गराउनुपर्ने अवस्था भएमा निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराइने, मधुमेह तथा उच्च रक्तचाप नियन्त्रणका लागि ४० वर्षमाथिका सबै नागरिकहरुको स्वास्थ्य संस्थाबाट स्क्रिनिङ गरी निःशुल्क उपचारको व्यवस्था मिलाइनेलगायत विषय नीति तथा कार्यक्रममा समेटिएका छन् ।
गाउँपालिकाले आन्तरिक तथा बाह्य पर्यटन विकासका लागि एग्रो टुरिजम तथा इको टुरिजमको प्रवद्र्धन गर्ने नीति ल्याएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar