एजेन्सी– रुसले राजधानी मस्कोसहितका सहरहरुमा प्रतिआतङ्कवाद कानुन लागू गरेको छ । विदेशी नागरिकलाई सुरक्षार्थ खटाउने रुसको वाग्नर समूहको विद्रोहपछि रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले प्रतिआतङ्कवाद कानुन लागू गरेको जानकारी गराएकोे बीबीसीले जनाएको छ ।
एक भिडियो सन्देश जारी गर्दै पुटिनले विद्रोह गर्नेहरुलाई कारबाही गर्ने बताए । वाग्नर समूहका प्रमुखको नाम नलिइकन पुटिनले विश्वासघात र देशद्रोह गर्नेलाई कारबाही गर्ने बताए । वाग्नर समूह मुख्य गरी रुसको लागि युक्रेनविरुद्ध लडिरहेको एउटा निजी सैनिक समूह हो ।
वाग्नरका प्रमुख येभगेनी प्रिगोजिनले अहिले विद्रोहको प्रयास गरेको नभइ रुसी नागरिकका लागि लड्न लागेको बताएको बीबीसीले जनाएको छ । आफ्नो समूहका २५ हजार सैनिक मर्न तयार भएर अघि बढेको र त्यसपछि थप २५ हजार जना यसैगरी मर्न तयार भएर आउने उनले दाबी गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar