काठमाडौं– आजदेखि पोखराको फेवातालमा ’नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबल’ सुरु भएको छ । चिनियाँ राजदूतावास, पोखरा महानगरपालिका र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा भएकोे प्रतियोगितामा चिनियाँ चार र नेपाली चार गरी आठ टोलीले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा पाँच सय र दुई सय मिटरको दुरीमा डुङ्गा दौड हुनेछ । पाँच सय मिटरतर्फ विजेताले पाँच लाख, उपविजेताले तीन लाख र तेस्रो हुनेले दुई लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । त्यसैगरी दुई सय मिटरतर्फ विजेताले तीन लाख, उपविजेताले दुई लाख र तेस्रो हुनेले एक लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । बंग्लादी घाटदेखि स्विमिङपुलघाटसम्म दौड प्रतियोगिता सञ्चालन हुनेछ ।
दुई दिने प्रतियोगितामा नेपाली र चिनियाँ खाना, चिनियाँ सांस्कृतिक कार्यक्रम आकर्षण रहनेछ । ’नेपाल–चाइना ड्रागन बोट रेस फेस्टिबल’ मा सहभागी हुन ६० जना खेलाडीसहितको झन्डै दुई सय चिनियाँ टोली विमान चार्टर्ड गरेर पोखरा आइसकेका छन् । फेस्टिबलका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान आयोजकको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar