काठमाडौं – गायक रवि ओड र शान्तिश्री परियारको स्वर रहेको ‘ढिँडो मलाई देऊ’ बोलको गीत सार्वजनिक भएको छ ।
मंगलबार एक कार्यक्रमबीच उक्त गीत सार्वजनिक गरिएको हो । गीतको श्रव्यदृश्यमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्काको अभिनय छ । प्रमोदकुमार भण्डारीको निर्देशनमा तयार पारिएको उक्त गीतमा प्रकाश सापकोटाको शब्द रहेको छ भने सङ्गीत सन्तोष श्रेष्ठको रहेको छ । सङ्गीत संयोजन कमल सौरजको रहेको गीतको भिडियो सम्पादन मीन रावलले गरेका छन् । गीतको छायाङ्कन चितवनमा गरिएको हो ।
कार्यक्रममा संक्षिप्त प्रतिक्रिया दिँदै गीतका लेखक सापकोटाले गीत–सङ्गीतलाई समय सापेक्षितरूपमा परिवर्तन गर्दै अगाडि बढ्ने बताए । उनले एउटा गीतलाई कस्तो स्वरूप दिने भन्ने कुरा लेखकको हातमा रहेको र त्यसको अनुयायीका रूपमा ‘ढिँडो मलाई देऊ’ सार्वजनिक गरिएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar