धादिङ । धादिङको सिद्धलेक गाउँपालिका वडा नं. ७ स्थित् अमिलीछापमा बस्तीमाझको जमिनमा ठूलो भ्वाङ पर्दा स्थानियहरु त्रसित बनेका छन् ।
बस्तीमाँझको जमिनमा गहिरो भ्वाङ परेपछी त्रास बढेको स्थानियहरुले बताएका छन् । अन्दाजी २५ फिटभन्दा गहिरो भ्वाङ परेको सिद्धलेक गाउँपालिका वडा नम्बर ७ का पूर्वअध्यक्ष लक्ष्मण खतिवडाले बताए। ‘स्थानीय कृष्णप्रसाद खतिवडाको घरनजिकै भ्वाङ परेको छ। वरपर १० वटा घर छन्। भ्वाङ परेपछि घरहरू जोखिममा परेका छन्। भ्वाङको भित्री अवस्था थाहा नहुँदा स्थानीयहरु त्रासमा छन्।’ खतिवडाले भने ।
कृष्णप्रसादले हिँउद मा सानो खाल्टो खन्नु भएको रहेछ, राती ठूलो पानी परेपछी खाल्टोमा पानी जमेको देखिन्छ , तल जमिन पुरै खोक्रो रहेछ , पानीको लोडले र माटो भिजे पछि खोक्रो भन्दा माथी तिर र खाल्टो बिच मा ६ ७ इन्च बांकी रहेको माटो खसेर यति ठूलो भ्वाङ देखियो ,अहिले बस्ती नै जोखिममा छ । उनले थपे ।
खतिवडाको अनुसार उक्त भ्वाङ हाँडी आकारको छ, त्यस्तै भ्वाङको भित्री अवस्था थाहा नहुँदा स्थानीय बासिन्दा घरमा बस्न र हिँडडुल गर्नै डराईरहेका छन् । यसअघि जति नै वर्षा हुँदा पनि यस्तो घटना नभएको खतिवडाले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar