काठमाडौं– चालू आर्थिक वर्ष २०७९÷८० को १० महिनाको अवधिमा भारतबाट ५८ करोड रुपैयाँको गोलभेडा आयात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा भारतबाट ५८ करोड ३१ लाख रुपैयाँको गोलभेडा आयात भएको हो । यस अवधिमा ताजा र अचार प्रयोजनका लाग गरी तीन क्याटोगोरीमा गोलभेडा भित्रिएको विभागको तथ्यांकले देखाएको छ ।
यस अवधिमा ३ करोड १० लाख किलोग्राम गोलभेडा भित्रिएको विभागले सार्वजनिक गरेको १० महिनाको तथ्यांकमा उल्लेख छ ।
नेपाली उत्पादनले सम्पूर्ण देशको माग नै धान्ने समयमा समेत भारतबाट निर्वाध गोलभेँडा भित्रिरहेको छ । जेठ, असार र साउन महिना नेपालमा गोलभेँडा उत्पादनको सिजन मानिन्छ ।
हाल किसानले उत्पादन गरिरहेको टनेलको गोलभेडाको मूल्य प्रतिकिलो २ रुपैयाँ समेत पाइरहेका छैनन् । यो गोलभेडाको थोक मूल्य प्रतिकिलो ८ रुपैयाँ छ भने उपभोक्ताले ४० रुपैयाँसम्म तिरिरहेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar