काठमाडौं – आब मोबाइल फोनबाट नै छाला मा भएको समस्या पहिचान गर्न मिल्नी भएको छ ।
गुगल लेन्समाभएको नयाँ फिचर प्रयोग गरेर प्रयोगकर्ताले आफ्नो छालामा भएको समस्याको विषयमा अथवा आफ्नो छालाको अवस्था कस्तो छ भनेर थाहा पाउन सक्नेछन् ।
अब प्रयोगकर्ताले आफ्नो छालाको फोटो खिचेर गुगल लेन्समा सर्च गर्दा आफ्नो छालको अवस्थाको विषयमा जानकारी पाउन सक्नेछन् ।
कहिलेकाही आफ्नो छाला भएको समस्याको विषयमा गुगलको खोज्नको लागि अक्षर टाइप गरेर मात्र मिल्दैन । आफ्नो समस्या ठ्याक्कै भन्न नमिल्ने अवस्था पनि हुन्छ । यो समस्यालाई समाधान गर्दै कम्पनीले गुगल लेन्समा नयाँ फिचर थप गरेको हो ।
यसले छालामा भएका समस्याको विषयमा जानकारी दिनेछ । सामान्यतः गुगल लेन्समा सर्च गर्दा मिल्दोजुल्दो तस्वीहरू देखाउने गर्छ । तर छालाको सम्बन्धमा भने यो फिचरले राम्रोसँग काम गर्दैन थियो । अब भने कम्पनीले डेडिकेटेड रुपमा नै यो फिचर थप गरेको छ
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar