काठमाडौं– आउँदो आर्थिक वर्षका लागि संघको बजेट कटौती भएसँगै प्रदेशहरुको पनि बजेट कटौती भएको छ । कर्णाली प्रदेशबाहेक ६ वटा प्रदेशले आकार घटाएर बजेट सार्वजनिक गरेका छन् । सबैभन्दा धेरै बागमती प्रदेशको बजेट कटौती भएको छ ।
बागमती प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि कुल ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ८ अर्ब २३ करोड २ लाख रुपैयाँले कम हो ।
सुदूरपश्चिम प्रदेशले २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ७ अर्ब ४८ करोड ५ लाख रुपैयाँले कम हो । कोशी प्रदेशले आउँदो आर्थिक वर्षका लागि ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँ बराबरको अनुमानित बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा ३ अर्ब ४९ करोड ४८ लाख रुपैयाँले कम हो ।
मधेश प्रदेशले ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको तुलनामा २ अर्ब ७६ करोड ६३ लाख रुपैयाँ कम हो । गण्डकी प्रदेशले आउँदो आर्थिक वर्षका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ । यो चालु आर्थिक वर्षको भन्दा २ अर्ब ४८ करोड १८ लाख रुपैयाँले कम हो ।
लुम्बिनी प्रदेशले चालु आर्थिक वर्षको भन्दा २ अर्ब १५ करोड ६० लाख रुपैयाँ बराबरले बजेट घटाएको छ । लुम्बिनी प्रदेश सरकारले आउँदो आर्थिक वर्षका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको हो ।
कर्णाली प्रदेशले भने चालु आर्थिक वर्षको भन्दा ७६ करोड ३६ लाख रुपैयाँ बढी ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ बराबरको बजेट ल्याएको छ ।
बजेटको आकार घटाए पनि प्रदेशहरुले सांसदहरुका लागि निर्वाचन क्षेत्र विशेष कार्यक्रमको बजेट भने बढाएका छन् । दुई वर्षदेखि संघीय सरकारले बन्द गरेको संसदीय क्षेत्र विकास कार्यक्रम आउँदो आर्थिक वर्षको बजेटमा ब्युँतिएपछि प्रदेश सरकारहरुले पनि संघको सिको गरेका हुन् ।
प्रदेश सभाका सांसदलाई आफ्नो निर्वाचन क्षेत्रका मतदाताको विकाससम्बन्धी समस्या र गुनासो सम्बोधन गर्न भन्दै बजेटमा यो कार्यक्रम उल्लेख गरिएको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar