काठमाडौं– आज ६ वटा प्रदेश सरकारहरुले आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दैछन् । कोशी प्रदेशले हिजो नै अध्यादेशबाट बजेट ल्याइसकेकाले आज बाँकी ६ वटा प्रदेशले बजेट ल्याउने छन् ।
जसमा मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम सरकारले बजेट ल्याउने तयारी गरेका छन् । प्रदेश सरकारहरुले हरेक वर्ष १ असारभित्र आगामी आर्थिक वर्षको राजस्व र व्ययको अनुमान प्रदेश सभामा पेस गर्नुपर्ने कानुनी प्रावधान रहेकाले प्रदेशहरुले आज एकै दिन बजेट ल्याउन लागेका हुन ।
चालू आर्थिक वर्षको भन्दा करीब दश प्रतिशत घटाएर प्रदेशहरुले ल्याउने बजेट कुल दुई खर्ब ७० अर्ब हाराहारी हुने बुझिएको छ ।
कोसी प्रदेशले ३६ अर्ब २४ करोडको बजेट घोषणा गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar