काठमाडौं – सामाजिक उत्तरदायित्व अन्तर्गत सनराइज बैंकको योगिकुटी शाखाले तिलोत्तम्मा आँखा अस्पताल, बुटवलसँगको समन्वयमा निःशुल्क आँखा शिविर सम्पन्न गरेको छ । निःशुल्क आँखा शिविर कार्यक्रम जनता मा.वि, शुद्धोधन गाउँपालिका ०७, रुपन्देहीमा सञ्चालन गरिएको थियो ।
संचालन भएको सो शिविरबाट विद्यार्थी, शिक्षक तथा अभिभावक गरी २ सय ५० जनाले ओपीडी सेवा, आँखाको शल्यक्रियाका लागि परामर्श, सल्लाह र अन्य जाँच सेवाहरु लिएका थिए । त्यसै गरी बैंकको दुहबी शाखाद्वारा विराट मेडिकल कलेज शिक्षण अस्पताल, विराटनगरसँगको सहकार्यमा छिटाहा मा.वि, छिटाहा बजारमा स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम सञ्चालन गरेको थियो । उक्त कार्यक्रममा निःशुल्क आँखा जाँच, दाँत जाँच, सामान्य स्वास्थ्य जाँच, क्यान्सर सचेतना कार्यक्रम तथा रक्तदान जस्ता स्वास्थ्य सुविधाहरु प्रदान गरिएको थियो । कार्यक्रममा १ सय ५१ सहभागीहरु थिए ।
हरेक वर्ष देशका विभिन्न स्थानहरुमा गई त्यहाँका समुदायको आवश्यकतालाई अध्ययन गरी उनीहरुलाई आवश्यक स्वास्थ्य, शिक्षा, पूूर्वाधार निर्माण महिला सशक्तिकरण लगायतका विषयमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कामहरु गर्दै आएको बैंकले जनाएको छ ।
त्यसैगरी बैकले सन्राइज बैंक र देव्यानी इन्टरनेश्नल नेपालबीच डिजिटल कारोबारलाई प्रर्वद्घन गर्न बैंकका ग्राहक वर्गलाई विशेष छुट दिने सम्झौता गरेको छ । डजिटल कारोबारलाई प्रर्बद्घन गर्ने उद्देश्य साथ बैंकले ग्राहकलाई विभिन्न क्षेत्रमा छुुट प्रदान गर्दै आएको छ । सोही क्रममा बैंकले आफ्ना ग्राहकलाई विशेष छुुट दिने व्यवस्था गरेको हो ।
यो सम्झौता अन्तर्गत बैंकका ग्राहकले बैंकको मोबाइल बैंकिग एपबाट नेपाल पे क्युआर स्क्यमन गरी देव्यानी इन्टरनेश्नल नेपालद्वारा सञ्चालित के एफसी, पिजा हर्ट, क्रिम बिलका देशैभरी रहेको आउटलेटमा भुक्तानी गर्दा १० प्रतिशतसम्म क्यासव्याक पाउने पनि विज्ञप्तिमा उल्लेख छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar