काठमाडौं – मुलुक अर्थतन्त्रको शंकटमा परिरहेका बेला राजधानीको थापाथलीमा एक समुहले नयाँ व्यवसाय संचालनमा ल्याएका छन् ।
आर्थिक चुनौतिलाई अवसरको रुपमा बदल्न यस्यसवी राज्यलक्ष्मी शाहसहितको समुहले ग्रेटवाल मोटर्स शोरुम छेउमा मनोरञ्जनात्मक ‘रमाईलो साँझ’ नामक व्यावसायीक केन्द्र संचालनमा ल्याएका हुन् ।
कर्णाली प्रदेश सांसद राजिव विक्रम शाहकी सुपुत्री शाहले आफ्नै निजी निवाससंगै रहेको खाली जमिनलाई सदुपयोग गर्दै व्यावसायीक केन्द्र संचालनमा ल्याएका हुन् । सञ्चालिका शाहका अनुसार हरेक शुक्रवार साँझ ५ बजेदेखी ९ बजेसम्म उक्त स्थानमा जो कोहीले सहभागिता जनाउन पाउने छन् । त्यस्तै मनोरञ्जनसंगै विभिन्न किसिमका खानेकुरा, नेपाली उत्पादनका सामानहरुका स्टल र म्युजिक खेलका साथमा घरमा सजावटमा प्रयोग हुने सामाग्रीहरुसमेत पाईने छ ।
त्यस्तै शुक्रवार साँझ ५ बजेदेखी ९ बजेसम्म संचालन हुने उक्त कार्यक्रम शनिबार भने बिहान ११ बजेदेखी साँझ ५ बजेसम्म संचालन हुने छ ।
त्यस्तै उक्त व्यवसायबाट शंकलित् रकम सामाजिक सेवामा प्रयोग गरिने संचालिका शाहको भनाई छ । त्यस्तै व्यवसायबाट शंकलीत् केहि रकम तथा नाफाबापतको रकमले जाजरकोटमा विद्यालय स्थापना गर्ने उद्धेस्य राखेकोसमेत शाहले बताईन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar