एजेन्सी– श्रीलङ्कामा डेङ्गीका बिरामीमध्ये झन्डै २५ प्रतिशत व्यक्ति विद्यालय जाने बालबालिका रहेका स्वास्थ्य क्षेत्रमा काम गर्ने अधिकारीले आइतवार बताएका छन् ।
राष्ट्रिय डेङ्गी नियन्त्रण एकाइका निर्देशक नलिन अरियारत्नेका अनुसार श्रीलङ्कामा यस वर्ष अहिलेसम्म ४२ हजारभन्दा बढी डेङ्गीका बिरामी भेटिएका छन् ।
श्रीलङ्काका विद्यालयहरू नयाँ शैक्षिक सत्रका लागि खुल्नुभन्दा एक दिनअघि पत्रकारलाई सम्बोधन गर्दै निर्देशक अरियारत्नेले विद्यालय तहमा डेङ्गीको फैलावटलाई कम गर्नुपर्नेमा जोड दिए ।
श्रीलङ्काको सबैभन्दा बढी जनसङ्ख्या भएको पश्चिमी प्रान्तमा झन्डै ५० प्रतिशत डेङ्गीका बिरामी फेला परेका र सन् २०२३ मा डेङ्गीको प्रकोप फैलिने चिन्ता महामारी विशेषज्ञले व्यक्त गरेका छन् ।
श्रीलङ्कामा सन् २०२२ मा ७६ हजारभन्दा बढी डेङ्गीका बिरामी फेला परेका सरकारी तथ्याङ्कले देखाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar