काठमाडौं – जापानी क्यामेरा कम्पनी क्याननले आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको छ ।
जापानमा आयोजित ुफोटो नेक्स्ट २०२३ सोु नामक कार्यक्रममा क्याननले आफ्नो नयाँ १८० डिग्री र ३६० डिग्री भीआर क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।
यी क्यामेराहरूलाई कम्पनीले अहिले नै कुनै नाम भने दिइसकेको छैन । यो क्यामेरा १८० र ३६० दुवै डिग्रीमा फोटो खिच्नसक्छ । कम्पनीले यसको प्रोटोटाइप प्रदर्शनीमा राखे पनि यसको फिचरहरूको विषयमा भने धेरै जानकारी दिएको छैन ।
यो बजारमा कहिलेदेखि उपलब्ध हुनेछ अथवा उपलब्ध हुने पनि छ कि छैन भन्ने विषयमा पनि कम्पनीले अहिले नै आधिकारिक रुपमा कुनै जानकारी दिएको छैन । बजारमा क्याननलाई नयाँ प्रविधि अंगाल्न नसकेको कम्पनीको रुपमा आलोचना गरिँदै आएको छ । यसैबीच कम्पनीले आफ्नो नयाँ क्यामेराको प्रोटोटाइप सार्वजनिक गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar