काठमाडौं– नेपाल धितोपत्र बोर्डले थप ११ वटा कम्पनीलाई धितोपत्र दलाल (सेयर ब्रोकर) लाइसेन्स प्रदान गरेको छ ।
यसअघि ब्रोकरलाइसेन्सका लागि आवेदन दिएर आशयपत्र समेत पाएका ११ कम्पनीलाई बोर्डले सोमबार ब्रोकर कारोबारको अन्तिम अनुमति दिएको हो ।
बोर्डका अनुसार ब्रोकर लाइसेन्स पाउनेहरुमा नबिल बैंक (नबिल सेक्युरिटिज) सहित ११ कम्पनीहरू रहेका छन् । एलिट स्टक हाउस लि, एन्फिनिटी सेक्युरिटिज लि, डन्डेक्स सेक्यूरिटिज लि, शुभकामना सेक्युरिटिज प्रा.लि.ले सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।
यस्तै, हातमालो फाइनान्सिङ सर्भिसेस प्रा.लि, मनि वर्ल्ड शेयर एक्सचेञ्ज प्रा.लि, माछापुच्छ्रे सेक्युरिटिज लि, के.वि.एल. सेक्युरिटिज लि. र कलश स्टक मार्केट प्रा.लिले पनि सीमित कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएका छन् ।
यता मेघा स्टक मार्केट्स लि.ले पूर्ण कार्य गर्ने धितोपत्र दलालको अनुमति पाएको छ भने नबिल बैङ्कद्वारा सञ्चालित नबिल सेक्युरिटिज लि.ले धितोपत्र व्यापारीको अनुमति पाएको छ ।
सोमबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेर आशयपत्र पाएका ११ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar