हाइटी– हाइटीमा केही दिनदेखिको भारी वर्षापछि आएको बाढीमा परेर कम्तीमा ४२ जनाको मृत्यु भएको छ भने ८५ जना घाइते भएका छन् ।
संयुक्त राष्ट्रसंघको रिपोर्टअनुसार भारी वर्षापछि देशका विभिन्न नदीहरूको जलस्तर उच्च तहमा पुगेसँगै आकस्मिक बाढीदेखि भूस्खलनसम्मका घटनाहरू भएका थिए ।
बाढीका कारण १३ हजार ३ सयजना विस्थापित भएका छन् भने कम्तीमा ११ जना बेपत्ता भएका छन् । देशभर वर्षा जारी रहेसँगै सोमबार मृतकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar