काठमाडौं – यतिबेला विश्वको सर्वाधिक धनी व्यक्ति एलन मस्कको भारतीय बेहुलाको पहिरनमा सजिएको तस्वीर सामाजिक सञ्जालमा भाइरल छ ।
सर्बाधिक रुचाइएको आर्टिफिसियल इन्टेलिजेन्स (एआई) बिधि प्रयोग गरी बनाएको यो तस्बिर लाखाैंले मन पराएका छन् ।
टेस्ला र स्पेसएक्सका मालिक मस्क आफैंले पनि यो तस्वीरको प्रशंसा गरेका छन् । भारतको झण्डा राख्दै उनले ट्वीट गरेका छन्, ”आई लभ ईट’ ।
मस्कले डिजिटल कलाकृतिमा आफ्नो प्रशंसा देखाउँदै उत्साहका साथ प्रतिक्रिया दिँदा उनको जेनेरेटिभ एआईप्रतिको सोच बदलिएको विश्लेषण गरिएको छ । यसअघि एआई च्याटबटका विषयमा उनी कठोर बन्ने गरेको समाचार बाहिरिएका थिए ।
भारतीय परम्परा झल्काउने याे कृत्रिम फाेटाेले सामाजिक सञ्जालमा छिनभरमै विश्वव्यापी प्रभाव पारेकाे छ । यसले एउटा तस्वीरले लाखौं मानिसहरूलाई कसरी मोहित पार्न सक्छ भनेर प्रमाणित गरिदिएकाे छ । साथै डिजिटल युगमा कला र प्रविधिको गतिलाे संयाेजन भएको भन्दै सामाजिक सञ्जालमा प्रशंसा गरिएकाे छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar