एजेन्सी – अमेरिकामा यही मे महिनामा मात्रै ४००० भन्दा बढी बेरोजगार भएका छन् । काम गरिरहेका ४००० जनसक्ति लाई प्रबिधि ले नै विस्तापित गरेको छ ।
बजारमा आएको प्रबिधि आर्टिफिसियल इन्टेलिजेन्स (एआई) का कारण विभिन्न पदमा रहेका ४ हजारजनालाई बर्खास्त गरेका छ।
ती मानिहरूले गरिरहेको काम अब प्रविधिले नै गर्न सम्भव भएपछि कम्पनीले उनीहरूलाई निकालेको बताइएको छ । च्यालेन्जर, ग्रे एन्ड क्रिष्टमस नामक कम्पनीले गरेको अध्ययनमा मे महिनामा ८० हजार अमेरिकी नागरिकले जागिर गुमाएको देखिएको छ । जसमध्ये ३९०० जनाको जागिर भने एआईको कारण गएको पाइएको हो ।
यसरी रोजगारी गुमाउनेमा विशेषगरी प्रशासनिक काम गर्ने, कन्टेन्ट लेख्ने लगायतका कर्मचारीहरू रहेका छन् । यति मात्र होइन एआईका कारण रोजगारी गुमाउनेमा पत्रकार पनि परेका छन् ।
यो अवधिमा वासिङटन पोस्टले दुई कपिराइटरलाई बर्खास्त गरेको रिपोर्टमा उल्लेख छ । एआई टुलहरूले नै कपिराइटिङको काम गरिदिने भएपछि कम्पनीले कर्मचारी निकाला गरेको हो । यो भन्दा अगाडि नै सीएनएन जस्ता मिडियाहरूले पनि आर्टिकल लेख्नका लागि राखेका कर्मचारी निकाला गरिसकेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar