विराटनगर – मोरङको सुन्दरहरैचा नगरपालिकाको एक विद्यालयका लेखापालले शरिरमा आगो लगाएर आत्मदाह प्रयास गरेका छन् ।
शनिबार बिहान सुन्दरहरैँचा २ स्थित् श्री माध्यमिक विद्यालयका लेखापाल मनिल ढकालले विद्यालयकै शौचालयभित्र शरिरमा आगो लगाएर आत्मदाह प्रयास गरेको अवस्थामा फेला परेका हुन् ।
मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले विद्यालयमा लेखापाल रहेका ४० वर्षीय ढकाल विद्यालयकै शौचालयभित्र जलिरहेको अवस्थामा शनिबार बिहान ६ स् ५० बजेतिर भेटिएको जानकारी दिए । डीएसपी दाहालका अनुसार उनी आज बिहानै विद्यालय जान्छु भनी घरबाट हिँडेको खुलेको छ । आगोले शरीरका अधिकांश भाग जलेका कारण उनको अवस्था गम्भीर रहेको पनि डिएसपी दमहालले बताए ।
गम्भीर घाईते ढकाललाई उपचारका लागि विराटनगरको कोशी अस्पताल पुर्याइएको छ । घटनाको प्रारम्भिक अनुसन्धानका क्रममा उनने आफैंलाई आगो लगाएको देखिएको प्रहरीले बताएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar