एजेन्सी– रुस– युक्रेन युद्ध अझै जारी रहेको बखतमा एउटा अनौठो विरोध प्रर्दशन भएको छ । जसअनुसार बिहीबार एक व्यक्तिले युक्रेनको समर्थनमा भ्याटिकनको सेन्ट पिटर बासिलिकामा नग्न प्रदर्शन गरेका छन् ।
सो क्रममा चर्चको मुख्य वेदीमा उनी लुगा बिना नै उभिएका थिए । ‘उक्त व्यक्तिको पछाडि युक्रेनका बालबालिकालाई बचाउन माग गर्दै नारा लेखिएको थियो’ त्यहाँस्थित तैनाथ सुरक्षाकर्मीले रोयर्टसलाई भने ।
समाचार एजेन्सी रोयटर्सका अनुसार यो घटना बिहीबार दिउँसो चर्च बन्द हुनु अघि भएको हो। सो प्रदर्शन गर्ने ब्यक्तिलाई भ्याटिकनका गार्डले प्रहरीलाई जिम्मा लगाएका थिए । यद्यपि उक्त व्यक्तिको परिचय भने खुलाइएको छैन ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar