चितवन – भरतपुरको विरेन्द्र बहुमुखी क्याम्पस अगाडिको विरेन्द्र जुस सेन्टरले फलफुल पकाउन हानीकारक विषादी क्याल्सियम कार्बाइड प्रयोग गरेको पाइएको छ ।
क्यान्सर जस्तो गम्भिर रोग लाग्न सक्ने विषादीको प्रयोग गरेको भेटिएपछि भरतपुर महानगरपालिकाले उक्त पसल बन्द गराएको छ ।
उक्त जुस पसलमा लस्सी बनाउँदा कुहिएको केरा प्रयोग गर्ने गरेको समेत पाइएको छ । भरतपुरकै विभिन्न स्थानमा शाखा रहेको यो जुस सेन्टरलाई महानगरले खाद्य ऐन अनुसार नै कारबाही गर्ने तयारीमा छ ।
मानव स्वास्थ्यमा गम्भिर असर गर्ने विषादीको प्रयोग गरेको पाइएपछि पसल बन्द गराइएको भरतपुर १० का वडाध्यक्ष परमेश्वर खनालले बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar