काठमाण्डौं – सहकारी पीडित महासंघले आज पत्रकार सम्मेलन मार्फत सरकारलाई दबाब दिने कार्यक्रम राखेको छ ।
सहकारी पीडित महासंघ नेपालले २०८० जेठ १८ गते (बिहीवार) दिउसो १२ः०० बजे सहकारीका संचालकहरुको ठगी, संगठित अपराध तथा सम्पत्ती शुद्धिकरण र बचतकर्ताको रकम फिर्ता नदिएर ज्यादै दुःख दिएको बारे रिपोर्टर्स क्लब नेपालमा बृहत पत्रकार सम्मेलन गर्ने भएको छ ।
यस सम्मेलनमा बिभिन्न पत्र–पत्रीका, टेलिभिजन तथा युटुबरलाई बोलाइ बचतकर्ताहरुले पाएको दुः तथा सो सम्बन्धमा सरकारको बेवस्ता बारे सरकारलाई सचेत गराउने कार्यक्रम रहेको छ ।
यो सम्मेलनमा सहकारी बिभागले सहकारीहरुको अनुगमन र नियमन नगरेको, संचालकहरुले सहकारीलाई आफु खुशी स्वनियमनमा चलाएर पैसा आफै खाएको, अब देखी जनताको बचत तुरुन्त फर्काइदिन सरकारले के गर्नु पर्छ र ठग संचालकहरुलाई कस्तो खालको कडा नसियत दिइनु पर्छ भन्ने कुरा पत्रकार मार्फत सरकारलाई अबगत गराइने छ । सम्मेलनले पूर्व मेची देखी पश्चिम महाकालीका सबै सहकारी पीडितहरुलाई एक जुट भएर बिरोध सभा गर्न, प्ले कार्ड लिएर हिंड्न, अनसन बस्न, आदीका लागि २०८० जेठ २० गते देखि हुने प्रोग्रामको पनि उद्घोस गर्नेछ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar