काठमाडौ – सिद्धार्थ बैंक लिमिटेडले नेपालगंज स्थित ले रायरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कबीच बैंकका ग्राहकलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । उक्त सम्झौतामा बैंकका तर्फबाट नेपालगंज शाखा प्रमुख किरण राणामगर तथा ले राएरा रेष्टुरेन्ट र वन्डरल्याण्ड वाटर एण्ड फन पार्कका तर्फबाट प्रबन्ध निर्देशक सिभान्शु यादवले हस्ताक्षर गरेका हुन ।
सम्झौता अनुसार बैंकका ग्राहकले रायरा रेष्टुरेन्टमा खाना तथा पेय पदार्थ सेवाको भुक्तानी गर्दा र वन्डरल्याण्ड पार्कको टिकट खरीदमा बैंकको डेबिट, क्रेडिट तथा प्रिपेड कार्ड, मोबाईल बैैंकिङ्ग मार्पmत भुक्तानी गर्दा १० प्रतिशत सम्मको छुट प्राप्त गर्न सक्नेछन् । यो सुविधाले ग्राहकलाई छुटको सुविधा उपलब्ध हुनुका साथै नगद कारोबारबाट डिजिल कारोबारमा जान उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।
बैंकले ग्राहकलाई डिजिटल बैंकिग माध्यम तर्फ प्रोत्साहन गर्न समय समयमा ग्राहक मैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको छ । ग्राहक मैत्री प्रविधि भित्राउने क्रममा बैंकले विभिन्न डिजिटल बैंकिङ्ग सेवा, अनलाईनबाटै बचत, मुद्दती र डिम्याट खाता खोल्न सकिने, डेबिट र क्रेडिट कार्डका लागि आवेदन दिन सकिने जस्ता सुविधा बेभसाइट मार्फत प्रदान गर्दै आएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar