बारा – बाराको परवानीपुर गाउँपालिकामा इन्धन खरिदमा मात्रै मासिक दुई लाख भन्दा बढी खर्च हुने गरेको पाईएको छ ।
गाउँपालिका श्रोतबाट प्राप्त विवरणअनुसार पालिकामा पेट्रोल र डिजल प्रयोगमा मासिक मात्र मासिक दुई लाखभन्दा बढी खर्च हुँदै आएको पाईएको हो। गाउँपालिकाले स्थानिय पेट्रोलपम्प मार्फत् मासिक रुपमा दुई लाखभन्दा बढी रकमको ईन्धन खपत गर्ने गरेको हो । विवरण अनुसार गाउँपालिका कार्यालयले पालिका अध्यक्षदेखि कार्यालय सहयोगीसम्मलाई सेवासुविधा भन्दा बढीको इन्धनको व्यवस्था गराँउदै आएको छ ।
पालिकाको तथ्यांकअनुसार पालिका अध्यक्ष रामक्षत्री प्रसाद कुर्मि, उपाध्यक्ष सुगान्धी देवी कनुइन र प्रशासकीय अधिकृत मुन्ना साह रौनियारले मात्र साढे ७ सय लिटरभन्दा बढि इन्धन खपत गरिरहेको देखिन्छ । यस्तै, पालिकाका विभिन्न शाखाका प्रमुखदेखि कार्यालय सहयोगीसमेत गरी ४३ जनाले आफ्नो आवश्यकताअनुसार इन्धन लिँदै आएको देखिएको छ । त्यस्तै पालिका कार्यालयमा मासिक ५१० लिटर पेट्रोल र ७१० लिटर डिजल खपत हुँदै आएको देखिन्छ। यस्तै, पालिकामा रहेको डोजर र ट्रयाक्टरले भने आवश्कताअनुसार खपत गर्दै आएका छन्। यद्धपी पालिकाले उपलब्ध गराएको तथ्यांकमा भने त्यो उल्लेख छैन ।
विवरण अनुसार गाँउपालिकाले पेट्रोलमा मात्र मासिक ९० हजार खर्च गर्दै आएको छ भने डिजेलमा मात्र एक लाख २५ हजारको हाराहारीमा खर्च भएको छ। तथ्यांकअनुसार करिब नौ महिनाको अवधिमा मात्र परवानीपुर गाउँपालिकामा करिब साढे २० लाख खर्च भइसकेको छ ।गाउँपालिकाले इन्धन खर्चको मापदण्ड नबनाई आर्थिक अनियमितता र दुरुपयोग गर्दै आएको भनी आवाज उठेपछी अहिले इन्धन वितरण रोकेको छ ।
स्थानिय स्तरमै त्यसको चर्को विरोध भएपछी पालिकाले इन्धन खरिद शीर्षकको रकम नै सकिएको भन्दै इन्धन वितरण रोकेको बताएको छ । पालिकाका प्रमुख प्रशासकीय अधिकृत मुन्नाप्रसाद रौनियारले पालिकाले चालू आर्थिक वर्ष ०७९र८० मा छुट्याएको इन्धन शीर्षकको रकम सकेपछि रोकिएको जानकारी दिए । उनका अनुसार पालिकामा आवश्यकताअनुसार सबैले इन्धन सुविधा लिँदै आएकाले नौ महिनामा २० लाख रकम सकेको अवस्था छ।
त्यस्तै इन्धनमा भएको खर्च विवरण मासिक वितरण प्रणालीअनुसार रहे पनि गाउँपालिकामा रहेका सवारीसाधनहरूमा विभिन्न समयमा प्रयोग भएको इन्धन खर्चको लगबुकमा उल्लेख समेत नभएको पाईएको छ । पालिकाले इन्धन खर्चको मापदण्ड नबनाई खर्च लेख्दा इन्धनको प्रयोगमा दुरुपयोग बढेको स्थानियको आरोप छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar