काठमाडौं– नेपालीलाई भुटानी शरणार्थी बनाएर ठगी गरेको अभियोगमा मुद्दा दायर भएकामध्ये आज थप तीन जनाको बहस सुरु भएको छ ।
जिल्ला अदालत काठमाडौंका न्यायाधीश प्रेम प्रसाद न्यौपानेको इजलासमा मुख्य अभियुक्त इन्द्रजित राईसहित सन्दीप रायमाझी र टंक कुमार गुरुङको बयान सुरु भएको हो ।
यसअघि शुक्रबार सागर राई र केशव प्रसाद दुलालको लिइएको थियो । नक्कली भुटानी शरणार्थी प्रकरणमा हालसम्म १७ जना पक्राउ परेका छन् ।
जसअनुसार नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझी, कांग्रेस नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाँण, उपराष्ट्रपति कार्यालयका बहालवाला सचिव टेकनारायण पाण्डेलगायत उच्च पदस्थहरू समेत पक्राउ परेका छन् ।
गत बुधबार उनीहरूविरुद्ध ठगी, सरकारी लिखत किर्ते, राष्ट्रियताविरूद्धको अपराध, संगठित अपराध र एकीकृत कसुरमा मुद्दा दायर भएको थियो ।
कुल ३० जनालाई प्रतिवादी बनाइएको मुद्दामा १३ जना अझै फरार छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar