काठमाडौं – मन्त्रिपरिषद्को आकस्मिक बैठक सुरु भएको छ ।
केहीबेरअघीबाट सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, भोलि संसद्मा पेस हुने आर्थिक वर्षको बजेट र गणतन्त्र दिवसमा कैदीहरूलाई दिइने छुटबारे निर्णय हुने बताईएको छ ।
भोलि जेठ १५ गते संसद्मा पेस हुने बजेट पनि मन्त्रिपरिषद्ले पास गर्नेछ । यसका साथै प्रधानमन्त्री प्रचण्ड यही जेठ १७ गतेदेखि चार दिने भारत भ्रमणमा जाँदै छन् ।
त्यस्तै नागरिक उन्मुक्ति पार्टीका संस्थापक तथा टीकापुर घटनामा कैद भुक्तान गरिरहेका रेशम चौधरीको कैद मिनाहा गर्ने गरी सरकारले फाइल अघि बढाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar