काठमाडौं– चालू आर्थिक वर्ष २०७९÷८० को यस अवधिमा नेपालबाट ३९ करोड रुपैयाँभन्दा धेरै मूल्यको यार्सागुम्बा निर्यात भएको छ ।
भन्सार विभागको तथ्यांकअनुसार साउनदेखि वैशाखसम्मको अवधिमा नेपालबाट ३९ करोड ९९ लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको हो ।
यस अवधिमा नेपालबाट ६१७ किलोग्राम यार्सागुम्बा निर्यात भएको छ । नेपालबाट निर्यात हुने यार्सागुम्बा विश्वका दर्जन मुलुकमा जान्छ ।
सबैभन्दा धेरै हङकङमा १८ करोड ८७ लाख रुपैयाँको निर्यात भएको छ भने कम्बोडियामा १२ करोड २७ लाख रुपैयाँको निर्यात भएको छ ।
भियतनाममा ४ करोड ४३ लाख, अमेरिकामा १ करोड १४ लाख, सिंगापुरमा १ करोड ३१ लाख र मलेसियामा ८० लाख रुपैयाँको यार्सागुम्बा निर्यात भएको तथ्यांक छ । यसबाहेक, चीन, फ्रान्स, जर्मनी र इटालीमा समेत यार्सागुम्बा निर्यात हुने गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar