धादिङ– उत्तरी धादिङको खनियाँबास गाउँपालिकाका– १ झार्लाङका कृष्ण बहादुर तामाङ घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते भएका छन् । लडेर घाइते बनेका तामाङलाई हेलिकप्टरबाट उपचारका लागि काठमाडौं लगिएको छ ।
‘गाउँ नजिकैको उदर जंगलमा घाँस काट्ने क्रममा भिरबाट लडेर घाइते बनेका तामाङको गोठालाहरुले उद्धार गरेको स्थानीय एलिया लोप्चन तामाङले बताइन् । गोठालाहरुले लडेको ठाउँबाट सम्म ठाउँमा लगेर राखेछन् ।
उनले भनिन्– विरामीको अवस्था गम्भिर छ । टाउको, दुवै हात खुट्टा शरिरका विभिन्न भागहरुमा चोट र दाइने खुट्टा भाँचिएको छ । म आफु झार्लाङ स्वास्थ्य चौकीमा काम गर्ने भएकोले हामीले जानेजति प्राथमिक उपचार ग¥र्याै । विरामीको अवस्था गम्भिर भएकोले हेलिकप्टरबाट थप उपचारका लागि काठमाडौं पठाइएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar