एजेन्सी– ब्राजिलले बर्ड फ्लू देखिएपछि पशु स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।
दुई वटा राज्यमा जंगली चराहरूमा बर्ड फ्लू (एच फाइभ एन वन)का आठ वटा केस पुष्टि भएपछि ६ महिना अर्थात् १ सय ८० दिनको आपतकाल घोषणा गरिएको हो ।
राजधानी रियो दि जेनेरियोमा एक र छिमेकी राज्य एस्पिरिटो सान्तोमा ७ वटासहित जंगली चराहरूमा बर्ड फ्लु भाइरस पुष्टि भएको हो ।
ब्राजिल विश्वको सबैभन्दा ठूलो कुखुराको मासु निर्यातक देश हो । हरेक वर्ष ब्राजिलले १० अर्ब डलरको कुखुराको मासु निर्यात गर्छ ।
भाइरस थप फैलिन नदिन पशु स्वास्थ्य आपतकाल घोषणा गरेको र बर्ड फ्लूको आवश्यक समन्वय, योजना र मूल्याङ्कन गर्न आपतकालीन सेन्टर पनि खडा गरेको त्यहाँको कृषि मन्त्रालयलाई उद्धृत गरी समाचार संस्था अल जजिराले जनाएको छ ।
जनावर तथा पन्छीहरूमा सङ्क्रामक रोग तीव्र रूपमा फैलिए पशु स्वास्थ्य आपतकालको घोषणा गरिन्छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar