काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानबारे प्रहरीले बुझाएको प्रतिवेदनमा नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसमेतको नाम जोडिएपछी यतिबेला एमाले पार्टीभित्रै हंगामा मच्चिएको छ ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै करोडौं असुली गरिएको आरोपमा पक्राउ परेकाहरुले तत्कालीन गृहसचिव प्रेमकुमार राई र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीका स्वकीय सचिव राजेश बज्राचार्यलाईसमेत मुछेका छन् । थप बयानमा गिरोहका नाईके भनिएका सानु भण्डारी र केशव दुलालले उच्च पदस्थहरुलाई रकम बुझाएको बयान दिएको प्रतिवेदनमा उल्लेख छ ।
प्रहरी अधिकारीहरूका अनुसार तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जीसीमार्फत २०७६ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ओलीका स्वकीय सचिव वज्राचार्यलाई १ करोड रुपैयाँ बुझाएको भण्डारीको बयान छ । अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले भने पुल्चोकस्थित मन्त्री क्वार्टरमा जनही १र१ करोड लिएको उनले प्रहरीलाई बताएका छन् ।
अभियुक्तहरले यस्तो बयान दिएको समाचार बाहिर आएपछी एमालेका नेताहरुले प्रहरी अनुसन्धानमाथि नै प्रश्न उठाएका छन् । एमालेका महासचिव शंकर पोखरेलले प्रहरी अनुसन्धानमाथि प्रश्न गरे । महासचिव पोखरेलले सामाजिक सञ्जालमार्फत सक्कली संलग्नलाई उन्मुक्ति दिएको जिकिर गरे । ‘काँक्राचोरले काँक्रा आफूले खाएर बिया सोझा गाउँले किसानको अनुहारमा टाँसिदिएर चोरको आरोप लगाएजस्तो बनाइएछ नक्कली भुटानी शरणार्थी प्रकरणको प्रहरी अनुसन्धान,’ उनले भनेका छन् ।
साथै उनले अनुसन्धान प्रतिवेदनलाई नाटक भनेका छन् । महासचिव शंकर पोखरेल अगाडि लेख्छन्, ‘सत्ता स्वार्थका लागि गरिएको यो लज्जास्पद नाटकको एक दिन पटाक्षेप हुनेनै छ ।’ यसअघि मंगलबार पनि उनले अभियुक्तको नामै लिएको अडियोरभिडियो सार्वजनिक हुँदा पनि सम्बन्धित व्यक्तिलाई छानबिन नगरिएको भन्दै असहमति जनाएका थिए ।
त्यस्तै अर्का नेता महेश बस्नेतले पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीलाई ‘जर्बजस्ती’ जोडेको आरोप लगाएका छन् । बस्नेतले भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेस नेतासमेत रहेका केशव दुलालले बयान फेरेर एमालेलाई बदनाम गराउन खोजेको भन्दै आपत्ति जनाएका हुन् ।
हाल पक्राउ परेका बालकृष्ण खाँणसहित उनकी श्रीमती मञ्जु खाँण र आरजु राणाका बारेमा ‘अडियो टेप’ सार्वजनिक हुँदासम्म कुनै मुख नखोलेको तर एमालेका नेताहरूलाई भने रकम दिएको भन्दै बयान दिए पछि बस्नेतले त्यसबारेमा प्रतिवाद गरिने जनाएका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar