• समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • खेलकुद
  • भिडियो
  • कला साहित्य
  • सामाजिक संजालबाट
२०८२ बैशाख २७, शनिबार
ट्रेन्डीङ्ग
subhayug subhayug.com नेकपा एमाले अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली धादिङ subhayug tv
Subhayug Logo
  • समाचार
  • अर्थ
  • अन्तरर्वार्ता
  • अन्तर्राष्ट्रिय
  • प्रबिधि
  • रोचक
  • मेरो बिचार
  • मनाेरञ्जन
  • भिडियो
  • खोज
  • ताजा१२
  • ट्रेन्डीङ्ग

खोजी गर्नुहोस

in

ताजा अपडेट

१

विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान

३४ मिनेट अघि
२

आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

३७ मिनेट अघि
३

महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित

३ घण्टा अघि
४

बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड

४ घण्टा अघि
५

२५ मेगावाटको सेती जलविद्युत् आयोजना सञ्चालनमा

४ घण्टा अघि
६

पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु

४ घण्टा अघि
७

धनगढीमा अर्काको नाममा परीक्षा दिँदै गर्दा किशोरी पक्राउ

५ घण्टा अघि
८

नबिलको निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप

५ घण्टा अघि
९

प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल

१९ घण्टा अघि
१०

राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता

२० घण्टा अघि
११

‘राष्ट्रिय गौरवका आयोजनाका लागि छुट्टै कानुन आवश्यक’

२० घण्टा अघि
१२

तेस्रो राष्ट्रिय संगीत अवार्डको थप सम्मानित व्यक्तिहरुको नाम सार्वजनिक

२० घण्टा अघि

महिनाभर प्रचलित रहेका

  • rajendra pande samsad १

    सरकारले आन्दोलनरत शिक्षकसंग सार्थक वार्ता गरोस् : राजेन्द्र पाण्डे

    १ हफ्ता अघि
  • Prakash Jwala news २

    राप्ती राजमार्गको स्तरोन्नती गर्न सांसद ज्वालाको माग

    १ हफ्ता अघि
  • teacher andolan with cpnus ३

    आन्दोलनमा ऐक्यबद्धता जनाएकोमा एकीकृत समाजवादीलाइ शिक्षक महासंघले दियो धन्यवाद

    १ हफ्ता अघि
  • gagan dai ४

    गगन थापा सत्ता गठबन्धनको बैठकमा अनुपस्थित

    १ हफ्ता अघि
  • oli with us ldr ५

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    १ हफ्ता अघि
  • bagmati pro photo ६

    खेलकुद महासंघ समाजवादीले प्रदेश सरकारलाई बुझाएको माग पत्रमा के छ !

    ३ हफ्ता अघि
  • cpn us sachiwalaya baithak ७

    एकीकृत समाजवादीको सचिवालय बैठक बस्दै

    १ हफ्ता अघि
  • tapkram ८

    तापक्रममा तीव्र उतारचढाव : नेपालजस्ता मुलुकहरू बढी जोखिममा

    १ हफ्ता अघि
  • झठटछ ९

    नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरू वर्षा सम्बन्धी तथ्याङ्क संकलनमा

    १ हफ्ता अघि
  • janjati mahasangh press १०

    जनजाति महासंघ (समाजवादी) को दोस्रो महाधिवेशन भोलीदेखी

    १ हफ्ता अघि
  • prev
    next

    नक्कली शरणार्थी प्रकरणमा अभियुक्तहरुको बयान : सिंहदरबार र बालुवाटार नै करोड – करोडका लेनदेन गर्ने अखडा

    न्युज डेस्कप्रकाशित मिति: २०८० जेष्ठ १०, बुधबार (१ साल अघि)
  • ८९३ पाठक संख्या
  • bhutani saranarthi

    काठमाडौं – नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने प्रपञ्चमा लागेको गिरोहका अभियुक्तहरुले आफुहरुले सिंहदरबार र प्रधानमन्त्री सरकारी निवाश बालुवाटारलाई नै सवै लेनदेन र सेटिङ मिलाउने अखडा बनाएको बयान दिएका छन् ।

    मंगलवार गिरोहका नाइके सानु भण्डारीले सरकारी तहबाट काम गराउन सिंहदरबारदेखि मन्त्री क्वार्टर र प्रधानमन्त्री निवास बालुवाटारसम्म पुगेर पैसा बुझाएको दाबी गरेका छन् । नक्कली भुटानी शरणार्थी बनाउन मन्त्री, सचिव र मन्त्रीका सल्लाहकारलाई सोझै र निकटस्थमार्फत रकम बुझाएको बयान उनले दिएका छन् ।

    तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनकी पत्नी नैनकला, छोरा प्रतीक, सुरक्षा सल्लाहकार इन्द्रजित राई, तत्कालीन गृह सचिव प्रेमकुमार राई, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, उनका छोरा सन्दीप, त्यस बेलाका प्रधानमन्त्री केपी शर्मा ओलीका स्वकीय सचिव राजेश वज्राचार्य तथा सल्लाहकार अजयक्रान्ति शाक्य, तत्कालीन गृहमन्त्री बालकृष्ण खाण, उनका स्वकीय सचिव नरेन्द्र केसी, गृह सचिव टेकनारायण पाण्डेलगायतलाई रकम बुझाएको भण्डारीले बयान दिएका छन् ।

    इन्द्रजितमार्फत ५ करोड ५० लाख रुपैयाँ बुझाएको भण्डारीले प्रहरीलाई बताएका छन् । इन्द्रजितका छोरा नीरजले पनि १ करोड ५० लाख रुपैयाँ बुझेको उनको बयान छ । नीरज अहिले फरार छन् । तत्कालीन गृह सचिव प्रेमकुमार राईलाई इन्द्रजितमार्फत १ करोड रुपैयाँ गाडीमा राखिदिएको भण्डारीको दाबी छ ।

    तत्कालीन गृहमन्त्री थापाले छोरा प्रतीकमार्फत मन्त्री क्वार्टरमै बोलाएर ३ करोड लिएको उनको दाबी छ । त्यसमध्ये १ करोड थापा पत्नी नैनकलाले बुझेको उनले बताएका छन् । यस्तै प्रतीकले २०७६ असारमा नक्सालको एक होटलमा छुट्टै १ करोड रुपैयाँ लिएको दाबी गरिएको छ । नक्कली शरणार्थी प्रकरणको अनुसन्धान अघि बढेपछि प्रतीक फरार छन् । पूर्वगृहमन्त्री थापा मौन छन् ।

    प्रहरी अधिकारीहरूका अनुसार तत्कालीन उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका स्वकीय सचिव लीला जीसीमार्फत २०७६ असोजमा प्रधानमन्त्री निवास बालुवाटारमै पुगेर ओलीका स्वकीय सचिव वज्राचार्यलाई १ करोड रुपैयाँ बुझाएको भण्डारीको बयान छ । अजयक्रान्ति शाक्य र राजेश्वर स्थापितले भने पुल्चोकस्थित मन्त्री क्वार्टरमा जनही १/१ करोड लिएको उनले प्रहरीलाई बताएका छन् ।

    तत्कालीन गृहमन्त्री खाणलाई ३० लाख दिएको र गृह सचिव पाण्डेमार्फत मन्त्रीसहितलाई मिलाउन भनेर थप ८९ लाख ५० हजार रुपैयाँ दिएको भण्डारीले प्रहरीलाई बताएका छन् । खाणका स्वकीय सचिव केसीलाई ५ लाख दिएको उनको भनाइ छ । पूर्वउपप्रधानमन्त्री रायमाझीलाई १ करोड ६० लाख र उनका छोरा सन्दीपमार्फत थप ४० लाख दिएको भण्डारीको दाबी छ ।

    तत्कालीन गृह सचिव राईले अवकाश पाएपछि गृह मन्त्रालयमा महेश्वर न्यौपाने आएका थिए । न्यौपानेपछि गृह सचिव बनेका टेकनारायण पाण्डेले मन्त्रालय र सिंहदरबार परिसरमा पटक–पटक गरी १ करोड २४ लाख ५० हजार रुपैयाँ बुझेको गिरोहको बयान छ । त्यसमध्ये अंगरक्षकमार्फत २५ लाख बुझेको दाबी छ ।

    अर्का नाइके केशव दुलालले भने सहकर्मी भण्डारीको बयानसहित सम्पूर्ण आरोप अस्वीकार गरेका छन् । उनले नेपालीलाई अमेरिका पठाउन नक्कली शरणार्थी बनाउन खोजेको, पैसा उठाएको र जिम्मेवार पदाधिकारीलाई दिएको सबै आरोप असत्य भएको दाबी गरेका छन् । अरू आरोपितले पनि यस्तै बयान दिएका छन् ।

    तर, गिरोहका नाइके भण्डारीले सरकारी वकिलको रोहवरमा प्रहरीलाई दिएको बयानमा नाम लिएकामध्ये पूर्वमन्त्री खाण, उनका स्वकीय सचिव केसी, तत्कालीन गृह सचिव पाण्डे, तत्कालीन गृहमन्त्री थापाका सुरक्षा सल्लाहकार राई, पूर्वउपप्रधानमन्त्री रायमाझी र उनका छोरा सन्दीप पक्राउ परिसकेका छन् । १७ जना भने अझै फरार छन् । उनीहरूमाथि अनुसन्धान टुंग्याएर तीन कसुरमा मुद्दा दायर गर्नुपर्ने र थप २ कसुरको अनुसन्धानका लागि लेखी पठाउनुपर्ने रायसहितको प्रतिवेदन तयार पारेर प्रहरीले सरकारी वकिलको कार्यालयलाई बुझाएको छ ।

    भण्डारीले नाम लिए पनि तत्कालीन गृहमन्त्री थापा, उनकी पत्नी नैनकला, तत्कालीन गृह सचिव राई, तत्कालीन प्रधानमन्त्री ओलीका सल्लाहकार शाक्य र स्वकीय सचिव वज्राचार्यसहितका व्यक्तिले पैसा बुझेको प्रमाण फेला नपरेको भन्दै मुद्दा चलाउन नपर्ने निष्कर्ष प्रहरीले निकालेको छ । पछि तथ्य र प्रमाणले खुलेबमोजिम मुद्दाको अनुसन्धान हुने विकल्प भने प्रहरीले खुलै राखेको छ ।

    भण्डारीको बयानसँग मिल्दोजुल्दो भनाइ प्रहरीले अडियो रेकर्डमा पनि प्राप्त गरेको छ । जसमा दुलालले भनेका छन्, ‘तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीका निजी सहायक राजेश वज्राचार्य, तत्कालीन गृहमन्त्री रामबहादुर थापा, उनका सल्लाहकार इन्द्रजित राईका छोरा नीरज, थापाका छोरा प्रतीक, तत्कालीन गृह सचिव प्रेमकुमार राई, पछि गृह सचिव भएका महेश्वर न्यौपाने, राजेश्वर स्थापित, डा. अजय क्रान्तिलाई पनि पैसा दिएको हुँ ।’

    एमाले अध्यक्ष ओलीका स्वकीय सचिव वज्राचार्यले भने भण्डारीलाई आफूले नचिन्ने दाबी गरे । ‘नक्कली भुटानी शरणार्थीबारे मलाई थाहा छैन,’ उनले भने, ‘कसैले बदनाम गराउन बयानमा आरोप लगाएको देखियो । समग्रमा एमालेलाई बदनाम गराउन खोजिएको छ ।’ यो प्रकरणमा प्रतिशोध लिन खोजिएको उनको भनाइ छ ।

    जेठ २ मा जिल्ला सरकारी वकिल कार्यालयमा बयानका लागि उपस्थित गराइएका पूर्वगृहमन्त्रीलाई उनको घरबाट बरामद डायरीसहितका सामान देखाउँदै उनको अक्षर पहिचान गर्न भनिएको थियो । तर उनको जवाफ थियो, ‘यो बारेमा मैले भोलि मात्र स्पष्ट भन्न सक्छु ।’

    अर्को दिनको बयानमा यही प्रसंगमा पहिलो प्रश्न सोधिएको थियो । जसमा डायरीको अक्षर आफ्नै हो भनी पुष्टि गरेका थिए । तर पक्राउ पर्दाको बखत उनले च्यातेको कागज प्रहरीले जोडेर पढ्न लायक बनाएको थियो । सम्भवतः आफ्ना सहयोगी नरेन्द्र केसीलाई सम्बोधन गर्दै खाणले लेखेका थिए, ‘नरेन्द्रजी, ओली वा र देउवाले प्रधानमन्त्रीलाई भनेर जाहेरीका मुख्य प्रतिवादीहरूलाई मात्र मुद्दा दायर गर्ने र अब थप आरोपित व्यक्तिलाई पक्राउ नगर्ने हो भने मुद्दाले सहज रूप लिन्छ, नभए जटिल मोडमा राजनीति पुग्ने अवस्था छ ।’

    यसरी सर्वसाधारणबाट पैसा संकलन गर्ने गिरोहका सदस्यलाई मात्र पक्राउ गर्न र आफूहरूसम्म आए देशको राजनीति संकटमा पर्ने चेतावनी उनले दिएका थिए । यो बारेमा सोधिएको प्रश्नमा खाणले यति मात्र भनेका छन्, ‘यस सम्बन्धमा मलाई जानकारी भएन ।’

    दुलालले बोलेको एउटा अडियोमा प्रस्ट भनिएको छ, ‘गृह मन्त्रालयमा रहेको गृहमन्त्रीको गोप्य कोठामा ३० लाख, उनका सहयोगी नरेन्द्र केसीलाई ५ लाख दिएको छु । त्यस्तै सचिव टेकनारायण पाण्डेमार्फत १ करोड २४ लाख ५० हजार पनि मन्त्रीलाई दिएको छु ।’ खाणले उक्त रकम लिएको पुष्टि सचिव पाण्डेले पनि गरेका छन् ।

    तत्कालीन गृह सचिव पाण्डे र गिरोहका नाइके केशवप्रसाद दुलालबीचको ह्वाट्सएप र भाइबर संवादमा भुटानी शरणार्थीसम्बन्धी पटकपटक भएको प्रमाण प्रहरीले प्रस्तुत गरेको छ । कुराकानीमा गिरोहले ‘फाइनान्सियल एरेन्ज’ गरेपछि मात्र मन्त्रीलाई भेट्न पाएको खुलेको छ ।

    नेपाली नागरिकलाई भुटानी बनाई विदेश पठाइदिने भन्दै ठगी गरेको रकममध्येबाट दुलालले मन्त्रालयमै आएर १ करोड २४ लाख ५० हजार रुपैयाँ मन्त्रीलाई मन्त्रालयमा दिएको हो भनी स्पष्ट खुलाइदिएका छन् । पाण्डेले बयान दिएका छन्, ‘दुलाल गिफ्टसहित गृह मन्त्रालयमा आएका हुन् । मैले सचिवालयमार्फत मन्त्रीज्यूलाई भेटाइदिएको हुँ । उनी र मन्त्रीज्यूबीच सिधै सम्पर्क भएको हो, रकम सिधै मन्त्रीज्यूलाई दिए वा सचिवालयमार्फत अन्य कसैलाई जिम्मा दिइयो र सो सम्बन्धमा सचिवालय वा मन्त्रीज्यूबाट खुल्नेछ ।’

    त्यस्तै खाणका सहयोगी केसीबाट पनि प्रहरीले कागज बरामद गरेको थियो । त्यसअघि नै पक्राउ परेका सचिव पाण्डेले हिरासतबाटै लेखेको पत्र भएको प्रहरी अनुसन्धानबाट पुष्टि भएको छ । पाण्डेले हिरासतबाटै पत्र लेखेर दुलालको बयान फेराउनै पर्न दबाब दिएका थिए । जसमा लेखिएको छ, ‘दुलालको पुनः बयान गराएर पुरानो कुरा सच्याउनुपर्‍यो । नभए मन्त्रीज्यूसमेतको मुद्दा जान सक्छ, अदालतमा गएर इन्कारी बयान दिएर हुँदैन । मन्त्रालयमा मन्त्री, सचिव र अन्य कसैसँग पनि लेनदेनको विषयमा कुनै कुराकानी नै भएको छैन । एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याइ बयान हुनुपर्छ । पार्टीभित्र र विशेषतः आफ्नै गुटका नेताहरू मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरिरहेका रहेछन् ।

    एक हप्ताको म्याद थप भएको छ, यही अवधिमा जुनसुकै हालतमा सच्याइ बयान हुनुपर्छ । पार्टीभित्र र विशेषतः आफ्नै गुटका नेताहरू मन्त्री किन अहिलेसम्म नल्याएको भनेर फलोअप गरिरहेका रहेछन् ।’ खाणले भने यो पत्रका बारेमा पनि इन्कारी बयान दिएका छन् ।

    नक्कली शरणार्थी प्रकरणमा तानिएका १६ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ भने १७ जना अझै फरार छन् । १ सय १३ जनाका तर्फबाट प्रहरीमा परेका २३ वटा जाहेरीमा करिब साढे २७ करोड रुपैयाँ ठगी भएको उल्लेख छ । त्यही रकमलाई नै बिगो कायम गरेर ३३ जनाविरुद्ध राज्यविरुद्धको अपराध, संगठित अपराध र ठगीमा मुद्दा चलाउन प्रहरीले सरकारी वकिलको कार्यालयलाई राय दिएको छ । सकेसम्म बुधबार नै अदालतमा मुद्दा दायर गर्ने जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको तयारी छ ।

  • subhayug
  • नक्कली भुटानी शरणार्थी
  • नेपाली नागरिक
  • प्रधानमन्त्री सरकारी निवाश
  • बालुवाटार
  • सिंहदरबार
  • प्रतिक्रिया दिनुहोस
    देश सम्बन्धि थप
  • विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान

  • आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ

  • महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित

  • बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड


  • समाचार
  • १

    विद्युत् बक्यौताबारे पुनरावेदन गर्न प्राधिकरणको आह्वान
    ३४ मिनेट अघि

  • २

    आतंकवाद, अराजकता र निरंकुशता लोकतन्त्र र प्रेस स्वतन्त्रताका शत्रु हुन् : मन्त्री गुरुङ
    ३७ मिनेट अघि

  • ३

    महिला टी–२० एसिया छनोटमा नेपालको पहिलो जित: बहराइनलाई ९ विकेटले पराजित
    ३ घण्टा अघि

  • ४

    बरिष्ठ गीतकार थापालाई लाइफ टाइम अचिभमेन्ट अवार्ड
    ४ घण्टा अघि

  • ५

    २५ मेगावाटको सेती जलविद्युत् आयोजना सञ्चालनमा
    ४ घण्टा अघि

  • ६

    पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु
    ४ घण्टा अघि

  • ७

    धनगढीमा अर्काको नाममा परीक्षा दिँदै गर्दा किशोरी पक्राउ
    ५ घण्टा अघि

  • ८

    नबिलको निःशुल्क क्रेडिट कार्ड योजनाको म्याद थप
    ५ घण्टा अघि

  • ९

    प्रधानमन्त्री ओली र भारतीय राजदूत श्रीवास्तवबीच भारत–पाक तनावबारे छलफल
    १९ घण्टा अघि

  • १०

    राष्ट्रपति पौडेल र माओवादी अध्यक्ष प्रचण्डबीच समसामयिक विषयमा महत्वपूर्ण भेटवार्ता
    २० घण्टा अघि

  • सुभयुग प्रभाव सबै
    oli with us ldr
    १ हफ्ता अघि

    एकीकृत समाजवादीले प्रधानमन्त्री ओलीलाई बुझाएको मागपत्रमा के छ ?

    सामाजिक सञ्जालबाट
    १

    पाकिस्तानको कडा जवाफ: भारतमाथि ‘अपरेसन बानयन मर्सस’ अन्तर्गत प्रतिआक्रमण सुरु

    subhayug
    २

    कश्मीरका मुख्यमन्त्रीले दिए पाकिस्तानलाई आफ्ना बन्दुकहरु थन्क्याउन चेतावनी

    subhayug
    ३

    उत्तराखण्डको गंगनानीमा हेलिकप्टर दुर्घटना : ५ जनाको मृत्यु

    subhayug
    ४

    रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यासको घोषणा

    subhayug
    Shubhayug Logo

    सुभयुग मिडिया प्रा.लि.

    सिद्धलेक ४, आरुवासटार, धादिङ

    subhayugnews@gmail.com

    01-5705310

    सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९

    हाम्रो टीम

    Director/Owner :
    Bishwash Aryal 9851220820

    Editor-in-Chief :
    Bibek Aryal 9841065149

    Editor :
    Resham Tamang 9841266912

    Desk Editor : Haribahadur Baniya
                            : Bikash Rauniyar

    • Home
    • सम्पर्क
    • हाम्रो बारेमा
    • प्रवास
    • फिचर
    • स्थानीय
    • स्वास्थ्य
    • पर्यटन
    • भिडियो
    • सुभयुग प्रभाव
    • Privacy
    © २०७७ शुभयुग मा सार्वाधिकार सुरक्षित छ
    Designed by: GOJI Solution