बनेपा – काभ्रेको पाँचखाल नगरपालिका – १२ नागबेलीस्थित झिुखोलामा बन्दाबन्दैको पक्की पुल भाँचिएको छ ।
निर्माण व्यवसायीका लापर्बाहीका कारण बनिनसक्दै पुल भाँचिएपछि पुल भत्काएर पुनः निर्माण गर्न स्थानीयले माग गरेका छन् । ६ वर्षअघि चन्द्रा एण्ड वसन्त एनएम जेभीले रु चार करोड ५० लाखमा करिब एक वर्षको अवधिमा निर्माण सक्ने गरी सडक डिभिजन कार्यालय भक्तपुरमार्फत ठेक्का लिई सुरु गरेको थियो । तर उक्त कम्पनीले भने अझैसम्म पुल निर्माण सम्पन्न गरेको छैन ।
निर्माणाधिन अवस्थामै उक्त पुल भाँचिएपछि ठेकेदार पक्षले बीचबाट चर्किएको मात्र भन्दै भाँचिएको पुललाई प्लाष्टरमार्फत टाल्न खोजेका छन् । चालीस मिटर लम्बाइको उक्त पुल भाँचिएको र ठेकेदार पक्षले पुललाई प्लाष्टरमार्फत टाल्न खोजेको गुनाशो बढेपछी नगरप्रमुख महेश खरेलसहितको टोलीले स्थलगत निरीक्षण गरेका थिए । निरीक्षणका क्रममा नगरप्रमुख खरेलले उक्त पुल पूरै भत्काएर पुनः बनाउनुपर्ने देखिएको बताएका छन् ।
‘भाँचिएर जीर्ण बनेको पुलमा भोलि जनधनको क्षति हुने भएकाले पनि प्राविधिकको सल्लाह बमोजिम पुलको पुनःनिर्माण हुनुपर्छ’, उनले भने । उनका अनुसार ‘टालटुल’ले पुल यथास्थितिमा राख्न नमिल्ने अवस्थामा छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar