काठमाडौं – नेकपा एकीकृत समाजवादी पार्टीका सांसद राजेन्द्रप्रसाद पाण्डेले सरकारले प्रस्तुत गरेको निती तथा कार्यक्रमलाई फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता नभएको बताएका छन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा प्रस्तुत भएको सरकारको आगामी आ.व.को निती तथा कार्यक्रममा राय सुझाव दिने क्रममा पाण्डेले समर्थन जनाँउदै उक्र कार्यक्रमलाई फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने आवश्यकता नभएको बताएका हुन् ।
आफ्नो पार्टी एकीकृत समाजवादीले उक्त निती तथा कार्यक्रमलाइृ पूर्णत समर्थन गर्ने घोषणा गर्दै नेता पाण्डेले उक्त कार्यक्रमका महत्वपुर्ण पक्षहरुलाई समर्थन गर्नुपर्ने समेत बताए । पाण्डेले निती तथा कार्यक्रमलाई कतिपय सांसदहरुले परम्परा धान्ने किसिमको रहेको भन्दै यसलाई फिर्ता लिनुपर्ने र पुर्नलेखन गर्नुपर्ने भन्ने गरेको प्रति आपत्ति जनाँउदै त्यस्तो केहि नभएको पनि दावी गरे ।
यद्धपी उक्त निती तथा कार्यक्रममा केहि विषयबस्तु भने छुटेको भन्दै पाण्डेले त्यस्ता विषयबस्तुहरुलाई पुनः समेट्न सरकारलाई सुझाए ।
प्रतिनिधीसभा बैठकमा आगामी आ.व. २०८०/८१ को निती तथा कार्यक्रमबारे सांसद पाण्डेको सुझाव
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar