एजेन्सी– युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीले युक्रेनको बाख्मत शहर रुसको नियन्त्रणमा नगएको दाबी गरिरहेको बेला उता रुसले भने बाख्मत कब्जा गरेको उपलक्ष्यमा उत्सव मनाइएको छ ।
वागनर समूहले बाख्मतका सवै सडक र बस्तीहरुमा रुसी झण्डा फहराएको निश्चित भएको भन्दै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले लडाकुहरुलाई बधाई दिँदै उत्सवका लागि आह्वान गरेका हुन् ।
वागनर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले बाख्मतमा युक्रेनी सेनाका शव बाहेक अरु कसैको उपस्थिति नरहेको दाबी गरेका छन् ।
आफ्ना लडाकुहरु घर घरमा पुगेको भन्दै उनले एक जना पनि युक्रेनी सैनिक वा लडाकु त्यहाँ फेला नपारेको बताएका छन् । युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने आइतबार जापामा जी सेभेन–सम्मेलनका क्रममा बाख्मत शहर रुसको कब्जामा नगएको दाबी गरेका थिए ।
जेलेन्स्कीले बाख्मत पूर्ण रुपमा ध्वस्त भएको भन्दै त्यहाँ केही पनि बाँकी नरहेको स्वीकारेका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar