काठमाडौं– आज नेप्से परिसूचक ५.८८ अंकले बढेको छ । गत मंगलबारदेखि बढेको सेयर बजारले मंगलबार पनि निरन्तरता पाएको हो ।
नेप्से ०.३१ प्रतिशतले बढेर १८८३.२० बिन्दुमा पुगेको छ । आज नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ ।
आज राष्ट्रिय बीमा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । उक्त कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर प्रतिकित्ता मूल्य १४ हजार १०७ रुपैयाँ ५० पैसा छ ।
यस्तै, आत्मनिर्भर लघुवित्तको सेयर मूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता मूल्य एक हजार १२९ रुपैयाँ ३० पैसा पुगेको छ । यसैगरी, आदर्श लघुवित्तको सेयर मूल्य ६.५६ प्रतिशतले घटेर प्रतिकित्ता मूल्य एक हजार २१० रुपैयाँ पुगेको छ।
त्यस्तै, ग्लोबल आइएमइ ब्यालेन्सड् फण्ड–१ को इकाइ मूल्य ५.१८ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ५ पैसामा सीमित रहेको छ। आज शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ।
उक्त कम्पनीको प्रतिकित्ता ४०९ रुपैयाँमा ६ करोड १७ लाख बराबरको सेयर कारोबार भएको हो । यो मूल्य अघिल्लो दिनको तुलनामा १.९ प्रतिशत घटेको हो ।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा राष्ट्रिय बीमा कम्पनी रहेको छ। उक्त कम्पनीको १४ हजार १०७ रुपैयाँ ५० पैसामा ५ करोड २८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।
त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये विकास बैंक, वित्त, जलविद्युत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar