काठमाडौं– नेपाल चामल, तेल, दाल, उद्योग संघले तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशतको मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको छ ।
आज संघले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै तोरीको तेलमा लाग्दै आएको १३ प्रतिशत मूल्यअभिवृद्धि कर खारेज गर्न सरकारसँग माग गरेको हो । संघले तोरीको तेल अत्यावश्यक खाद्य वस्तु भएको भन्दै अवैधरुपमा भित्रने तोरीको तेलका कारण स्वदेशी उद्योगहरू बन्द हुन थालेको बताएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै संघका अध्यक्ष सुबोध गुप्ताले सरकारले स्वदेशी उद्योगहरू बन्द हुन नदिनको लागि १३ प्रतिशतको कर खारेज गर्नुपर्ने बताए । उनले नेपालमा तोरीको तेल उत्पादन गर्दा १ प्रतिशत कच्चा पदार्थ र १३ प्रतिशत मूल्यअभिवृद्धि कर रहेको बताए ।
भारतमा तोरीको तेल उत्पादन भएकाले सीमानाकाबाट अवैधरुपमा तोरीको तेल आइरहेको उनले बताए । सरकारले अवैधानिक रुपमा आयात भइरहेको तोरीको तेल सरकारले तत्काल नियन्त्रण गर्न आवश्यक रहेको उनले बताए । नेपालमा तेल उद्योगलाई बचाउनको लागि सरकारले चोरी पैठारी नियन्त्रण गर्ने र १३ प्रतिशत कर खारेज गर्न आवश्यक रहेको पनि उनले बताए । सरकारले संघका दुई वटा माग सम्बोधन नगरेसम्म भारतसँग प्रतिष्पर्धा गर्न नसक्ने उनले बताए ।
संघले भारतमा कृषि उत्पादनमा मल, बीउ लगायतका क्षेत्रमा सहुलियत र तोरी तेलमा भ्याट नलाग्ने भएकोले भारतीय तोरीको तेल नेपाली तोरीको तेलभन्दा लगभग २५ प्रतिशत सस्तोमा बिक्री भइरहेको बताएको छ । संघले अस्वस्थ प्रतिष्पर्धाको कारण अनधिकृत व्यापारले नेपाली बजारमा प्रोत्साहन पाइरहेको बताएको छ । यस्तै, संघले बैंक ब्याज एकल अंक हुनुपर्ने, विद्युत् अनुदान तथा अन्य सुविधा हुनुपर्ने र क्रेडिट एक्ट लागू हुनुपर्ने माग राखेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar