हेटौंडा – बागमती प्रदेश सरकारमा आज नेकपा एकीकृत समाजवादी पार्टीले सहभागीता जनाँउदै छ ।
आज आइतबार बिहान सत्ता गठबन्धनका दलका नेताहरू बिचको छलफलले सरकारलाई पूर्णता दिने निर्णय गरेसंगै आज एकीकृत समाजवादी पार्टीले सहभागीता जनाउन लागेको हो । भागबन्डाको विषयमा सहमति जुट्न नसक्दा विगत ४ महिनादेखि सरकारले पूर्णता पाउन सकेको थिएन ।
आजको छलफलले एकीकृत समाजवादीबाट काभ्रेबाट निर्वाचित् लक्ष्मण लम्साल र भक्तपुरबाट निर्वाचित् डा.राजेन्द्रमान श्रेष्ठ मन्त्री बन्न लागेको पार्टी संसदिय दलका नेता कृष्णप्रसाद शर्मा खनालले जानकारी दिए । खनालका अनुसार डा.श्रेष्ठ र लम्सालले कुन मन्त्रालयको जिम्मेवारी पाउने भन्ने विषयमा भने छलफल भइरहेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar