काठमाडौं – काठमाडौं महानगरपालिकाले नयाँ योजना भए प्रस्तुत गर्न आग्रह गरेको छ ।
व्यवसायमुखी आइडिया भए र त्यसलाई व्यवसायमा परिणत गर्न चाहना भए त्यस्ता योजना लिएर आउन पनि महानगरले आग्रह गरेको छ ।
नयाँ योजना भए कसैले पनि उद्यमी हुन रोक्न नसक्ने काठमाडौं महानगरका मेयर बालेन शाहले बताएका छन् । उनले महानगरपालिकाको वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा समावेश भएको आइडिया बैंक कार्यक्रम कार्यान्वयनमा ल्याउन लागेको बताएका छन् ।
‘आइडिया बैंक कार्यक्रमको उद्देश्य दक्ष/अदक्ष जनशक्ति, विद्यार्थी, लगानीकर्ता तथा उद्यमशीलता विशेषज्ञहरूको ब्रिजको रूपमा महानगरबासी सोचलाई योजना र योजनालाई व्यवसाय बनाउने हो । तपाइसँग आइडिया छ, तपाईँ महानगरभित्र कुनै स्टार्टअप सुरु गर्नुभएको छ र तीन वर्ष कटेको छैन । तपाईं विद्यार्थी हुनुहुन्छ तपाइसँग महानगरको समस्या समाधानका व्यवसाय मुखी आइडिया छन् र त्यसलाई व्यवसायमा परिणत गर्न चाहनुहुन्छ,’ बालेनले भनेका छन्, ‘कसरी त्यसको विजनेस प्लान बनाउने, कार्यान्वयनको योजना बनाउने । कसरी लगानी जुटाउने त्यसमा यस कार्यक्रमले पूर्ण सहयोग गर्छ । विभिन्न विषयगत क्षेत्रहरूलाई समेटी पाँचवटा क्याटगोरीमा आवेदन माग गरिएको छ ।’ जेठ १९ गतेसम्म आवेदन दिन बालेनले आग्रह गरेका छन् ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar