काठमाडौं– सन् २००८ मा १६६ जनाको ज्यान जाने गरी भारतको मुम्बईमा भएको आक्रमणका एकजना आरोपी तहब्बुर राणालाई अमेरिकाले भारत सुपुर्दगी गर्ने भएको छ ।
अमेरिकाको क्यालिफोर्नियाको एक अदालतले बुधबार ६२ वर्षीय राणालाई भारत सुपुर्दगी गर्न अनुमति दिएको भारतीय समाचार एजेन्सी पीटीआईले जनाएको छ ।
२६ नोभेम्बर सन् २००८ मा मुम्बईको ताज होटेल लगायतका स्थानहरुमा भएको आतकंवादी हमलामा ६ जना अमेरिकी नागरिक सहित कूल १६६ जनाको मृत्यु भएको थियो । भारतीय सेना र लडाकुहरुबीच चार दिनसम्म भिषण लडाइँ चलेको थियो । यो आक्रमण पाकिस्तानमा रहेको लश्कर–ए–तोयबाले गराएको थियो ।
आक्रमणमा पाकिस्तानी मूलका क्यानडाई व्यापारी तहब्बुर राणाको पनि भूमिका भएको भन्दै अनुसन्धान जारी छ । समाचार एजेन्सी पीटीआईका अनुसार राणालाई भारत सुपुर्दगी गर्न अनुरोध गरेपछि अमेरिकामा राणा पक्राउ परेका थिए ।
अदालतमा सुनुवाइको क्रममा अमेरिकी सरकारका वकिलहरुले भनेका थिए– राणाको बच्चैदेखिको साथी पाकिस्तानी–अमेरिकी डेभिड कोलम्यान हेडली लश्कर–ए–तोयबामा संलग्न भएको राणालाई थाहा थियो र उनले हेडलीलाई बचाउन भूमिका खेलेका थिए ।
त्यसपछि न्यायाधीशले भारत र अमेरिकाबीच सुपुर्दगी सन्धिसमेत भएकाले राणालाई भारत सुपुर्दगी गर्नु कानुनसम्मत हुने बताएको बीबीसीले जनाएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar