काठमाडौं – प्रभु क्यापिटलले सेञ्चुरी क्यापिटल मार्केट्सलाई प्राप्ति गरेपश्चात आज जेठ १ गते सोमबारबाट एकीकृत कारोबार सुरू गरको छ ।
मर्जर पश्चात यी कम्पनीले प्रभु क्यापिटल लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गरेको हो ।
कम्पनीले बैशाख ९ गते छुट्टाछुट्टै विशेष साधारण सभाले सेञ्चुरी क्यापिटललाई गाभ्ने प्रस्ताव पारित थियो । कम्पनी रजिष्ट्रारको कार्यालयले बैशाख २६ गते सेञ्चुरी क्यापिटलको चल अचल सम्पत्ति सकार्न प्रभु क्यापिटललाई अनुमति प्रदान गरेको थियो । यी कम्पनीहरुले चैत्र २६ गते अन्तिम सम्झौता गरेका थिए ।
मर्जरपछि प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब २० करोड पुगेको छ भने यस अघि प्रभु क्यापिटलको चुक्ता पुँजी १ अर्ब रुपैयाँ र सेञ्चुरी क्यापिटलको २० करोड रुपैयाँ थियो । एकीकृत कारोबार पश्चात प्रभु क्यापिटल पुँजीका आधारमा मर्चेन्ट बैंकमा सबैभन्दा ठूलो कम्पनी बनेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar