मन्थली – बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले संघीयता खारेजी गरौं भन्नेहरुलाई विकास विरोधीको संज्ञा दिएका छन् ।
आज सोमवार रामेछापको मन्थली नगरपालिका १ स्थीत् मन्थली माध्यमिक विद्यालयको पुर्ननिर्मित भौतिक संरचनाको हस्तान्तरण तथा समुद्धघाटन समारोहमा संघीयतान विरोधीहरुलाई लक्षित गर्दै बोल्दै मुख्यमन्त्री जमकट्टेलले संघीयता खारेजी गरौं भन्नेहरुलाई विकास विरोधीको संज्ञा दिएका हुन् । देसमा संघीयता स्थापित् भएको छोट्टो समयमै विकास विरोधीहरुले संघियता विरोधी अभिव्यक्ती दिने गरेको भन्दै जमकट्टेलले संघीयता खारेजी गरौं भन्नेहरुलाई यस्ता शव्द उच्चारण नगर्नसमेत आग्रह गरे । ‘संविधान निर्माणको चरणमा केहि बर्ष अघीमात्र देस संघीय प्रणालीमा गएको छ । प्रदेशले अझै पुर्ण अधिकार पाईसकेको छैन । संघ र प्रदेशबीच कस्ले कत्ती अधिकार लिने दिने भन्नेमै दुविधा रहेको छ । हामी त्यसको कार्यान्वयन गर्ने र गराउने पक्षमा छौं । अहिल्यै यसलाई खारेजी गरौं भन्ने बेला भैसकेको छैन । अहिल्यै प्रदेशलाई खारेजी गरौं भन्नेहरु त केवल विकास विरोधी मात्र हुन्।’ उनले भने ।
कार्यक्रममा बोल्दै मुख्यमन्त्री जमकट्टेलले संघिता विरुद्ध आवाज उठाउनेहरुलाई त्यसो नगर्न र केहि कमी कमजोरी देखे आफुहरुलाई सुझाव दिनसमेत आग्रह गरे । त्यस्तै उनले अहिले सरकारले नयाँ ढंगले काम गर्न लागेको समेत बताए । संमृद्ध बागमती प्रदेश बनाउन आगामी बजेटमा शिक्षामा समान रणनिती बनाउन लागेको समेत उनले बताए । त्यस्तै शिक्षासंगै स्वास्थ्य, खानेपानी, पुर्वाधार विकास र रोजगारीको क्षेत्रमा जनताको पहुँच पुर्याउन आफु लागी परेको जमकट्टेलको भनाई थियो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar