एजेन्सी– बङ्लादेश र म्यानमारमा चक्रवात ‘मोखा’ को प्रभाव देखिन थालेको छ । बङ्लादेशमा आज बिहानैदेखि ठूलो पानी परिरहेको छ ।
प्रतिघण्टा १ सय ७० किलोमिटरको वेगमा रहेको आँधीले बङ्लादेशको कक्स बजार धेरै प्रभावित हुन सक्ने पूर्वानुमान गरिएको छ । कक्स बजारमा झण्डै १० लाख शरणार्थी अस्थायी शिविरमा बसोबास गरिरहेका छन् ।
‘मोखा’ चक्रवातको चेतावनीसँगै बङ्लादेशमा झण्डै ५ लाख मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ । बङ्गालको खाडीमा गएको बिहीवार विकसित भएको चक्रवात शक्तिशाली चक्रवातका रुपमा परिणत भएको हो ।
यो चक्रवात उत्तर, उत्तर पूर्व दिशातर्फ उन्मुख हुँदै बङ्लादेश तथा म्यानमारको तटीय क्षेत्रतर्फ बढिरहेको छ । यो चक्रवातको असर म्यानमारमा पनि पर्ने अनुमान छ । ती देशमा सक्रिय सहायता एजेन्सीले आपतकालीन कार्ययोजनासहित पूर्व तयारी गरिरहेका सीएनएनले जनाएको छ ।
बङ्लादेशले दुई दशकपछि आएको यो सबैभन्दा शक्तिशाली चक्रवातको रूपमा मोखालाई लिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar