काठमाडौं– मोदी इनर्जीको आइपिओ आज बाँडफाँट गरिएको छ ।
बिक्री प्रबन्धक सनराइज क्यापिटलको कार्यालयमा भएको बाँडफाँटमा ५ लाख ६१ हजार २२६ जनाले १० कित्ताका दरले सेयर पाएका छन् । उक्त आइपिओमा कुल १२ लाख ३६ हजार २६९ आवेदन परेको थियो ।
जसमध्ये ६ हजार ५२८ आवेदन रद्द भएको छ भने बाँकी १२ लाख २९ हजार ७४१ आवेदन स्वीकृत भएको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले वैशाख १९ गतेदेखि २४ गतेसम्म उक्त आइपिओ निष्कासन गरेको थियो ।
कम्पनीले जारी पुँजी २ अर्ब ९० करोड रुपैयाँको १५ प्रतिशत अर्थात् ४३ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४३ लाख ५० हजार कित्ता आइपिओ सर्वसाधारणमा निष्कासनका लागि छुट्याएको थियो ।
सोमध्ये आउने ४ करोड ३५ लाख रुपैयाँ बराबरको ४ लाख ३५ हजार कित्ता सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरूका लागि निष्कासन गरेको थियो ।
५ प्रतिशत अर्थात् २ लाख १७ हजार ५०० कित्ता सामूहिक लगानी कोष र २ प्रतिशत अर्थात् ८७ हजार कित्ता आइपिओ कम्पनीका कर्मचारीहरूका लागि छुट्याएको थियो । बाँकी रहेको ५९ लाख ९४ हजार ४२० कित्ता सेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्कासन गरेको हो ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar