काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिटानेले एउटा काण्डको छानबिन गर्दैमा सरकारको नै सफलता भन्न नसकिने बताएका छन् ।
आज नक्शालमा नागरिक अगुवाहरु मिलेर भ्रष्टाचार र भ्रष्टाचार ढाकछोपबिरुद्ध वृहत आन्दोलनमा पत्रकारहरुसँग कुरागर्दै सभापति लामिछानेले यस्तो बताएका हुन् ।
उनले सरकारले एउटा काण्डको अनुसन्धान खोल्दैमा सरकारलाई नै सफलता भन्दा अलि धेरै हुने भन्दै अन्य धेरै लाइनमा रहेका काण्डहरु अनुसन्धान भए सरकारको सफलता मान्ने बताए । उनले भूटानी शरणार्थी काण्डलाई सरकारले शुरुवात बिन्दु मानेको भए सरकारलाई धन्यवाद दिनुपर्ने बताए ।
उनले सरकारले अन्य लाइनमा रहेको काण्डहरु अनुसन्धान अघि बढाउन रोकिन नहुने बताए । उनले कुनै पनि पार्टी र पार्टीका शिर्ष नेताहरुले कसैले पनि विषयान्तर गर्न नहुने बताए । आफ्नो दलको लागि दोषीलाई बचाउने, छेक्ने ढाट्ने नगर्न आग्रह गरे ।
सभापति लामिछानेले सरकारले भ्रष्टाचार गर्ने पूर्वगृहमन्त्रीहरुलाई समेत कारबाहीको दायरामा ल्यायो भन्ने नजिर अन्तर्राष्ट्रिय देशलाई देखाउनु राम्रो भएको बताए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar