धादिङ – जिल्लाको बेनीघाट रोराङ गाउँपालिकाले शैक्षिक सुधारका लागि एक दिने शिक्षक अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
गाउँपालिका अन्र्तगतको गाउँ शिक्षा समितीले आयोजना गरेको उक्त अन्तरक्रिया कार्यक्रममा पालिकाभरीका सवै शिक्षकहरु सहभागी भएका थिए । गाउँपालिका अध्यक्ष कृष्ण बहादुर थपलिया (बिबेक)को अध्यक्षतामा सम्पन्न कार्यक्रममा गाउँपालिका उपाध्यक्ष टाप बहादुर श्रेष्ठ , प्रमुख प्रशासकीय अधिकृत भीष्म कुमार मल्ल र शिक्षा समितिका सदस्य हेमनाथ थपलियाले मन्तब्य राखेका थिए ।
त्यस्तै गाउँ शिक्षा अधिकारी बोधराज पाठकले शिक्षा समितिको तर्फबाट पालिकाको शैक्षिक सुधारका लागि ९१ बुंदे मार्गचित्र प्रस्ताब गरेका थिए । अन्तरक्रियामा बिद्यालयको बिद्यमान समस्या, समाधानका उपायहरू र प्रस्ताबित मार्गचित्रको बारेमा प्रधानाध्यापक र शिक्षकहरूबाट जिज्ञासा र सुझाबहरू संकलन गरिएको थियो ।
सुझाब टिपोटकर्ताको रूपमा गाउँ शिक्षा समितिका सदस्यहरू टीका थपलिया र योब कुमारी मरहठ्ठा तथा चन्द्रोदय माबि बिशालटारका प्रधानाध्यापक रमेश रेग्मीले जिम्मेवारी बहन गरेका थिए । प्रस्तुत मार्गचित्र र प्राप्त सुझाबहरूलाई समेटेर आगामी शिक्षा समितिको बैठकले मार्ग चित्र स्वीकृत गरि लागू गरिने गाउँ शिक्षा अधिकारी पाठकले जनाए । उनका अनुसार यस्ता कार्यक्रमबाट गाउंपालिकाको समग्र शैक्षिक स्थीती सुधार हुने अपेक्षा गरिएको छ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar