काठमाडौं– धवलागिरि हिमालमा बेपत्ता भएका एक पुरुषको शव सात महिनापछि भेटिएको छ । उद्धारमा संलग्न म्याग्दी दानाका इन्द्रसिंह शेरचनले सिन्धुपाल्चोकको लिपा गाउँपालिका–१ का २७ वर्षीय देव लामाको शव भेटिएको जानकारी दिएका छन् ।
पाँच हजार मिटर उचाइमा रहेको फ्रेञ्च पासमा भेटिएको शव आजै घटनास्थलबाट पोखरा हुँदै काठमाडौं ल्याएको छ । ‘गएको असोज २० गतेदेखि बेपत्ता भएका लामाका आफन्तको अनुरोधमा खोजी गर्ने क्रममा हिउँले पुरिएको अवस्थामा शव भेटिएको हो’ उनले भने, ’नेपाली सेनाको हेलिकप्टरले लामाको शव आजै काठमाडौं लगेको छ।’
शेरचनसहित सेनाका दुई जना, दुई जना शेर्पा र देवका काका सुनिल लामाको टोली फ्रेञ्च पासमा पुगेर शव ल्याएका हुन् । काठमाडौंको फोर सिजन ट्रेकिङ एजेन्सी कम्पनीमार्फत् विदेशी पर्यटक लिएर धवलागिरि आधार शिविर पुगेका लामा बेपत्ता भएका थिए ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar