काठमाडौं– प्रहरीको फरार सूचीमा रहेका टोपबहादुर रायमाझीले संसद सचिवालयमा आफू विरामी भएको निवेदन पठाएका छन् ।
संसद सचिवालयका अनुसार, विरामी विदा स्वीकृति गरिदिन भनेर रायमाझीले निवेदन पठाएका छन् ।
नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न रहेको आशंकामा प्रहरीले रायमाझीलाई गत बुधबार पक्राउ पूर्जी जारी गरेको छ । तर रायमाझी एक सातादेखि फरार छन् ।
एमाले सचिव रायमाझीलाई एमालेले आजै पदबाट निलम्बन गरेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar