काठमाडौं– बिहानैदेखि घाम चर्किँदा देशैभर तापक्रम बढ्न थालेको छ ।
भैरहवाको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा धेरै छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हिजो भैरहवाको अधिकतम तापक्रम ४० दशमलव ९ डिग्री सेल्सियस पुगेको छ ।
यस्तै, सिमरा, विराटनगर, धरान, जनकपुरको अधिकतम तापक्रम ४० डिग्री सेल्सियसको हाराहारीमा पुगेको छ ।
अन्य ठाउँमा पनि तापक्रम बढिरहेको छ । बिहान बेलुका खासै समस्या नभए पनि दिउँसोको समयमा टन्टलापुर घाम लाग्दा घरबाहिर हिँडडुल गर्न मुस्किल छ ।
तराईका जिल्लामा दिउँसोको समयमा बजार सुनसान जस्तै हुन थालेको छ । तत्काल पानी पर्ने सम्भावना नरहेकाले तापक्रम अझै बढ्ने मौसमविद् गोविन्द झाले बताए ।
उनका अनुसार तत्कालका लागि पानी पार्ने कुनै पनि प्रणाली विकसित भएको छैन ।
प्रि मनसुनको समय भएकाले पहाडी क्षेत्रको केही ठाउँमा बेलुकीपख मौसम आंशिकदेखि सामान्य बदली भएर फाट्टफुट्ट पानी पर्ने सम्भावना रहे पनि तराईका जिल्लामा बेलुकासम्म नै घाम चर्किने अनुमान छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar