काठमाडौं– दुईदिन घटेर राताम्मे भएको शेयर बजार आज बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १० दशमलव ६६ अङ्कले बढेर एक हजार आठ सय ४४ दशमलव ३६ विन्दुमा पुगेको छ ।
आज सबै समूहको शेयर बढेकोमा उत्पादन र होटल समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ । आज दुई सय ६९ वटा कम्पनीको २८ लाख ३६ हजार कित्ता शेयर ७७ करोड ४७ लाख रुपैयाँमा कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमाल दोलखा हाइड्रोपावर कम्पनीको छ करोड ९६ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज सबैभन्दा धेरै पिपुल्स पावर कम्पनीको शेयर साढे छ प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि युनिक नेपाल लघुवित्तको शेयर साढे आठ प्रतिशतभन्दा धेरैले घटेको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar