एजेन्सी– भारतको मध्य प्रदेको खरगोनमा यात्रीले खचाखच भरिएको एक बस पुलको रेलिङ तोडेर खोलामा खसेको छ । दुर्घटनामा हालसम्म १५ जनाको मृत्यु भइसकेको छ ।
मध्य प्रदेशका गृहमन्त्री नरोत्तम मिश्राले दुर्घटना बिहान ८ बजेर ४० मिनेटमा रेलिङ तोडेर नदीमा खसेको जानकारी दिए । खोला हाल सुकेको छ । मिश्राले भने, ‘१५ जनाको मृत्यु भएको खबर छ । २०–२५ जना घाइते छन् । सबै घाइतेलाई जिल्ला अस्पतालमा भर्ना गरिएको छ ।’
समाचार एजेन्सी एएनआईका अनुसार मध्य प्रदेश सरकारले खरगोन बस दुर्घटनामा मारिएकाहरूको परिवारलाई ४–४ लाख र गम्भीर रूपमा घाइतेलाई ५०–५० हजार दिने घोषणा गरेको छ । यस्तै, सामान्य रूपमा घाइतेलाई २५–२५ हजार भारुको आर्थिक सहायता दिने जानकारी दिएको छ ।
नयाँबानेश्वर काठमाण्डौ, नेपाल
01-5705310
सुचना तथा प्रशारण बिभाग दर्ता नं. : - २८३२ - ०७८/७९
Editor-in-Chief :
Bibek Aryal 9841065149
Desk Editor : Haribahadur Baniya
: Bikash Rauniyar